जेठ २५, हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट कोषाध्यक्ष पदमा सम्झना पुडासैनी निर्विरोध निर्वाचित भएकीछिन्।
गत शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा पुडासैनीलाई सर्वसम्मत रूपमा कोषाध्यक्षमा चयन गरेको हो।

उनि कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सामाजिक सञ्जाल र पार्टी पंक्तिबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।
पुडासैनीको नेतृत्वमा पार्टीको आर्थिक व्यवस्थापन अझ पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अधिवेशनले संजीव पाठकको नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी गठन गरेको छ।




