भदौ ७, हेटौंडा। हेटौडा उपमहानगरपालिका-४, कमलडाँडामा साइकल अनियन्त्रित भई पल्टिँदा दुई बालिका घाइते भएका छन्।

​प्रहरीका अनुसार, आज दिउँसो करिब १४:२५ बजेको समयमा कमलडाँडाको ओरालोमा हेटौडा-४, नेपालचोक बस्ने बिनोद थापाकी १२ वर्षीया छोरी विशाखा थापाले चलाएको साइकल अचानक अनियन्त्रित भई पल्टिएको थियो।

​दुर्घटनामा साइकल चालक विशाखाको नाक, बायाँ कान र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। त्यस्तै, सोही साइकलमा पछाडि सवार सलिना तामाङकी १३ वर्षीया छोरी आईषा तामाङको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

​घटनालगत्तै वडा प्रहरी कार्यालय हेटौडा, मकवानपुरबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उद्धार गरी हेटौडा अस्पताल पुर्‍याएको थियो।

​हेटौडा अस्पतालमा सामान्य उपचारपश्चात उनीहरूको थप उपचारका लागि दिउँसो ३ बजे चितवन रिफर गरिएको छ।

जसमध्ये  विशाखालाई पुरानो मेडिकल कलेज, र गम्भीर घाइते आईषालाई नयाँ मेडिकल कलेज, चितवन पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय