मकवानपुर, १३ भदौ: मकवानपुरको मनहरी गाउँपालिकामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।गाउँपालिकाको वडा नम्बर ३ लामिटार बस्ने अन्दाजी ५० वर्षका हिरा गोतामेको करेन्ट लागेर ज्यान गएको हो।

​प्रहरीका अनुसार आज बिहान साढे ९ बजेको समयमा घर नजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा अचानक पानी तान्ने मोटरमा जडान गरिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।

​घटनालगत्तै उपचारका लागि उनलाई सिएमसी हेटौँडा अस्पताल ल्याइएकोमा बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

​घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा खटिई प्रारम्भिक अनुसन्धान गरिसकेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय