कार्तिक १८,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–१ रजुवामा १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

​पक्राउ पर्नेमा बकैया गाउँपालिका–१ रजुवा बस्ने २६ वर्षीय रामशरण भोम्जन रहेका छन्।

​प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ घट्टेदमार स्थायी घर भई हाल बकैया–१ रजुवास्थित आफ्नै दिदीको घरमा बसेर पढ्दै आएकी १३ वर्षीया नाबालिकामाथि गत कात्तिक १६ गते राति करिब ०१:४० बजेको समयमा भोम्जनले जबरजस्ती करणी गरेका थिए।

​घटनालगत्तै पीडित पक्षको तर्फबाट परेको किटानी जाहेरी दरखास्तका आधारमा प्रहरीले आरोपी भोम्जनलाई नियन्त्रणमा लिएको छ।

जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरी पक्राउ परेका भोम्जनमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय