कात्तिक १६,निजगढ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुर जानेबाटो छेउको खेतमा आज बिहीबार विहान एक युवतीको शव फेला परेको छ । विहान हिँडडुल गर्न गएका स्थानियले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।
तालिम प्राप्त कुकुर सहितको ईलाका प्रहरी सिमरा, जितपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट पनि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । अन्दाजी २४,२५ वर्षकी देखिने ती युवती घुसुकपुरको नभएकोे स्थानियले बताएका छन् ।
अहिले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय