जेठ३,हेटौंडा ।फेमकोल एकेडेमी हेटौंडा पदमपोखरीका संस्थापक एवं प्रिन्सिपल केशवप्रसाद मुडभरीको सवारी दूर्घटनामा मृत्यु भएको छ।
४५ वर्षिय मुडभरीको बुधबार राती स्कुटर दूर्घटनामा ज्यान गएको हो।
ना६६प ९३०९ नम्बरको स्कुटरमा सवार मुडभरी धरान-चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका-४ सादेपुल भन्ने स्थानमा दूर्घटनामा परि गम्भीर घाईते भएका थिए।
टाउको र अनुहारमा चोट लागि अचेत अवस्थामा रहेका मुडभरीको प्रहरीले तत्काल उद्वार गरि हेटौंडा अस्पताल पठाएकोमा उनको उपचारको क्रममा त्यँहि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मुडभरीले चलाएको स्कुटर रड बोकेको एउटा ट्र्याक्टरमा ठोक्किएर दूर्घटना भएको प्रहरीले आशंका गरेको छ।
ईलाका प्रहरी कर्यालय फापरवारीको टोलिले घटनास्थल बाट ३ कि.मि.उत्तरतर्फ भोर्लेनी बाट काभ्रेको ताल ढुङ्गा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नं.को रड बोकेको ट्याक्टर रोकि राखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको पनि जनाएको छ।
ट्र्याक्टर चालक तथा धनी सिन्धुली कमलामाई नगरपालिका-९भिमानका ४१ वर्षिय खड्कबहादुर बुढाथोकीलाई आज बिहान साँढे ७ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय