असार९,हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्।राक्सिराङ गाउँपालिका-७ दुगुवाङका बलबहादुर प्रजाले आज बिहान जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनिसहित उनका ४ जना परिवार बिरामी परेका हुन्।
बिरामी हुनेहरुमा बलबहादुरकी श्रीमती बर्ष ४५ की जालिमाया प्रजा, दुई छोरीहरु १५ वर्षिया रेन्जु प्रजा र ८ वर्षिया सविना प्रजा तथा छोरा १० वर्षिय सुशल प्रजा छन्।
उनिहरुलाई दिउँसो साँढे २ बजेको समयमा उपचारार्थ चितवनतर्फ पठाईएको त्यँहाका वडाध्यक्षलाई उधृत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ।
अन्यको अवस्था सामान्य रहेपनी बलबहादुरको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



