भदौ २३,हेटौंडा । सोमवारबाट हेटौंडामा तेश्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगीता संचालन हुदैंछ। प्रतियोगितामा १५ टिमको सहभागिता रहने आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइर्एको हो ।
रोटरी क्लव अफ मकवानपुरको मूख्य आयोजनामा संचालन हुन लागेको प्रतियोगिताको मूख्य उदेश्य हेटौंडामा जलन उपचार केन्द्र स्थापना गर्नु रहेको क्लबका अध्यक्ष अनिल अग्रवालले बताउनुभयो । प्रतियोगिताबाट बचेको रकमले जलन सम्बन्धी प्राथमिक उपचार केन्द्र स्थापना गरिने उहाले जानकारी दिनुभएको छ।
रोटरीले यसअघि पनि हेटौंडा अस्पतालमा ५ ओेटा डायलासिस उपकरण र करोडौं रकम खर्चेर मुटु रोग उपचारका लागी उपकरण उपलब्ध गराएको उल्लेख गर्दै अब हेटौंडा अस्पतालसँगको सहकार्यमा वा छुट्टै भवन बनाएर जलन उपचारकेन्द्र संचालन गरीने अध्यक्ष अग्रवालको भनाई छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाबाट हुने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाबिच हुनेछ ।
प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लव, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लव झापा, एस.एन.के.सी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ ।
४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडको हुनेछ । यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पिप्ले युवा क्लवको सहआयोजना र रोट्र्याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहने प्रतियोगिता हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा संचालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाको मूख्य प्रायोजन र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको सहप्रायोजनमा हुने प्रतियोगीताका लागि करिब १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरीएकोे आयोजकले जनाएको छ ।



