भदौ २४,हेटौंडा । हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामाले बर्न अस्पताल स्थापना गर्ने हेतुले खेलकुद प्रतियोगीता आयोजना गर्नु हेटौंडाको लागी गौरवको विषय भएको बताउनुभएको छ ।रोटरी क्लब अफ मकवानपुरले सोमवार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आयोजना गरेको रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगीताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख लामाले रोटरीको यस अभियानलाई सबैले सहयोग गर्नु पर्ने धारणा राख्नुभएको होे ।हेटौंडामा स्वास्थ्यको अवस्था ब्यापकरुपमा सुधार भईरहेको अवस्थामा रोटरी मकवानपुरले खेलकुदको माध्यमद्दारा बर्न अस्पताल स्थापना गर्ने अवधारणा ल्याएकोमा धन्यवाद व्यक्त गर्दै अस्पताललाई व्यवस्थित गर्न उपमहानगर सदैब तयार रहेको पनि बताउनुभयो ।
क्लवले प्रतियोगिता संचालनबाट बचेको रकम र रोटरी अन्तराष्ट्रियबाट प्राप्त हुने सहयोगबाट हेटौंडामा जलन सम्बन्धी प्राथमिक उपचार केन्द्र स्थापना गर्ने जनाएको छ ।



