असोज ९,सिंगौल। बाराको निजगढ नगरपालिका वडा नं. १ कार्यालयले वडा भित्रका अनाधिकृत पक्की संरचनाहरु हटाउन अल्टिमेटम दिएको छ।कार्यालयले बुधवार एक सूचना प्रकाशित गरि वडाको सिंगौलस्थित हाटबजार लगायतका सार्वजनिक स्थानमा अतिक्रमण गरि अनाधिकृतरुपमा बनाईएका पक्की संरचनाहरु ३दिन भित्र भत्काउन अल्टिमेटम दिएको हो।
`वडा नं १ को गोरुबजार स्थित हाट बजार लगायतका सार्वजनिक स्थानहरुमा अनाधिकृत रुपमा पक्की घरहरु निर्माण गरिएको देखिएकाले उक्त संरचनाहरु ३ दिनभित्र हटाउन र नहटाएमा कानुन बमोजिम कार्बाही हुने´ वडाध्यक्ष मंगले लोप्चनद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
वडाध्यक्ष लोप्चन समेतको मिलेमतोमा वडामा सार्वजनिक जग्गाहरु अतिक्रमित भईरहेको स्थानीयले आरोप लगाउँदै आएका थिए।
कार्यालयले निजगढ नगरपालिका कार्यालय ,डिभिजन वन कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय,निजगढलाई समेत बोधार्थ जनाई सूचना जारी गरेको छ।

वडाले जारी गरेको सूचना।



