असोज २०,भरतपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।
आईतवार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानविन प्रतिवेदनले नै लामिछानेलाई दोषि नदेखाएको बताएका हुन् ।
लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही बिषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने पनि जिकिर गरे ।
त्यस्तै प्रचण्डले सहकारी छानविनको समिति गठनको बिपक्षमा रहेका केपी ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारवाही गर्न कसैले नरोकेको धारणा राखेका थिए ।
उनले आफु प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारीक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताएका थिए ।



