असोज २४,हेटौंडा । उडान भरिरहेको जहाजका एक पाईलटको मृत्यु भएको छ।
अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेन ५९ वर्षीय इल्सिहिन पेहलिभानको जहाजमै मृत्यु भएको हो।

पाईलटको जहाजभित्रै अचानक मृत्यु भएपछी जहाज इमर्जेन्सी ल्यान्डिङ गरिएको छ।
जहाज उडाइरहेका पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएपछि जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था द न्यू योर्क टाइम्सले जनाएको छ।
जहाजमा पटकपटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन। उनको ज्यान जोगाउन नसकेपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए।




