कार्तिक ५,पोखरा । जिल्ला अदालत कास्की परिसरमा रवि लामिछानेले सञ्चारकर्मीहरुसँग सरकारविरोधी अभिव्यक्ति दिएकामा गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरुसँग असन्तुष्टि जनाएका छन् ।

हिरासतमा राख्ने अनुमति माग गर्न जिल्ला अदालतमा लैजाँदा आईतवार लामिछानेले सरकारले आफूलाई झुटा मुद्दा लगाएको र यो सरकार रहुन्जेल धेरैले दुख पाउने बताएका थिए ।

लामिछानेको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रहरी जिल्ला अधिकारी भरतमणि पाण्डे र कास्कीका एसपी श्यामबाबु ओलियालाई टेलिफोन गरेर असन्तुष्टी जनाएको गृह मन्त्रालय स्रोतले जनाएको हो ।

पत्रकार, युट्युबर र नेताहरुलाई समेत जिल्ला अदालत कार्यालय प्रवेश गर्न दिएको र हिरासतमा रहेका व्यक्तिले खुलमखुल्ला सरकारलाई चुनौती दिएकामा मन्त्री लेखकले असन्तुष्टि जनाएका हुन् । मन्त्री लेखकले सुरक्षामा लापरबाही भएको भन्दै कास्की प्रशासन र प्रहरीलाई सचेत गराएका जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय