कार्तिक २१,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलवार तेस्रोपटक थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले भने २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाइ पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरीएको थियो । पुनः दोस्रोपटक ७ दिनका लागी थपिएको म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थप गरीएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय