कार्तिक २५,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२मा वडाअध्यक्ष पदका लागि आशावीर बल उम्मेदवार बन्न सक्ने सम्भावना बलियो रहेको जनाएको छ ।
आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले बललाई वडाअध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ।

यद्यपि निर्णय भने आगामी २८ गते बस्ने बैठकले गर्ने रास्वपा हेटौंडा नगर सभापति ध्रुवबहादुर विष्टले जानकारी दिए ।`अहिले आशावीरको मात्र निबेदन परेको छ,२/३ जना अरुपनी आकांक्षी छन्,२८ गतेसम्म उम्मेदवारको टुंगो लाग्छ।´ विष्ट्ले भने।

उनले आकांक्षीहरुबिचको आन्तरिक प्रतिश्पर्धा मार्फत नै उम्मेदवार छनौट हुने बताए।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलले यसअघि नै आ-आफ्ना दलका उम्मेदवार चयन गरिसकेका छन।

एमालेले युवासंघका जिल्ला अध्यक्ष समेत रहेका राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, माओवादी केन्द्रले रविन प्रधान,एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामा ब्लोनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

एमालेका नगरकोटी र काँग्रेसका तिवारी अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेदवार हुन्।उनिहरु झिनो मतान्तरले पराजित भएका थिए।

२०७९ साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा बिजयी ललित घलानले १३ सय ७१,काँग्रेसका तिवारीले १३ सय ४० तथा एमालेका नगरकोटीले १३ सय २५ मत प्राप्त गरेका थिए।

बिजयी वडाध्यक्ष घलान जिल्ला समन्वय समिति मकवानपुरको संयोजक बनेपछि हेटौंडा-१२ नम्बर वडाको अध्यक्ष पद रिक्त रहेको हो।
आगामी मंसिर १६ गते हेटौंडा-१२ सहित देशका विभिन्न ४४ स्थानमा उप-निर्वाचन हुँदैछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय