मंसिर २,हेटौंडा। आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा १४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपासहितका ९ दल र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत अवनी मैनालीले जानकारी दिईन्।

हेटौँडा–१२ मा उम्मेदवारी दिने उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविनकुमार प्रधान, रास्वपाबाट आशावीर बल र राप्रपाबाट प्रेमबहादुर भ्लोन छन्। त्यस्तै जसपाबाट छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र नेकपा समाजवादीबाट बलराम बलले उम्मेदवारी दर्ता गराएका मूख्य निर्वाचन अधिकृत मैनालीले बताएकी छिन्।

मैनालीले वडाध्यक्ष पदका लागी ५ जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको बताईन्। स्वतन्त्रबाट मनोनयन दर्ता गर्नेहरुमा अर्जुन घलान,कुमार पोखरेल, गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तान छन्।

२०७९ को स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट बिजयी बनेका ललित घलान जिल्ला समन्वय समिति प्रमुख नियुक्त भएपछि वडा नम्बर १२ कोे वडाअध्यक्ष पद रिक्त थियो।

यी १४ सहित अन्य स्थानका उम्मेदवारहरुमाथी भोली सोमवार बिहान १० देखि अपराह्न ३ बजेसम्म विरोधमा उजुरी दिने र भोली नै अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी पर्सि मंगलवार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय