मंसिर २,हेटौंडा । स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  सो पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई बिज्ञप्ति मार्फत धन्यवाद दिएको छ । निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय