मंसिर २,हेटौंडा। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा रास्वपाको तर्फबाट वाचा बुढाले उम्मेद्वारी दिएका छन्। त्यहाँ रास्वपा नेतृ सुजता थापाले उम्मेद्वारी दिने तयारी गर्दैगर्दा उनि अपहरणमा परेको र डरधाक त्रास देखाई उम्मेद्वार बन्नबाट बंचित गराइएको रास्वपाले जनाएको छ ।
थापालाई कांग्रेसका ४०,५० जना सदस्यले अपहरण गरी मानसिक तनाव दिएको रास्वपाको आरोप छ । काठमाडौंको किर्तिपुर नगरपालिकाको मेयर पदका लागी राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले उम्मेदवारी दिएको छैन।
समाजवादीले त्यहाँ माओबादीका उम्मेद्वारलाई सघाउने सहमती गरीसकेको छ भने रास्वपाले कुनै निर्णय गरेको छैन। रास्वपाले ४४ मध्ये जम्मा २६ स्थानीय तहमा उम्मेदवार उठाएको छ। उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट २६ स्थानीय तहमा उम्मेदवारी दिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रका शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जन लगायतले उम्मेदवार दर्ता गराएका छन्।



