मंसिर ७, हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पहिलो जिल्ला भेला बिहिवार हेटौंडामा सम्पन्न भएको छ।
भेलाले पार्टीको सभापतिमा पुनः भरत पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ।
पराजुलीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भयो भने सचिव र सहसचिव दुई पदका लागिमात्र निर्वाचन भएको थियो।
जिल्ला उपाध्यक्षमा प्रकाश गौतम सर्वसम्म्त भए भने सचिवमा सञ्जीव पाठक र सहसचिवमा शान्ति थापा निर्वाचित भए।सदस्यहरुमा सरला कार्की, राजकुमार कार्की, रमेशकुमार थापा, विवेक शर्मा कट्टेल निर्वाचित भएका छन्।
भेलाले जिल्ला कार्यसमितिमा क्षेत्र नं १ र २ का संयोजकका साथै १० वटै स्थानीय पालिकाका सभापति र आमन्त्रित सदस्य २ गरी २३ जना पदेन सदस्य रहने व्यवस्था गरेको छ।
निर्वाचन क्षेत्र न १ को संयोजकमा टाकाराज थापा(सुरेश) उपसंयोजकमा अस्मिता न्यौपाने र सीसम माझि , सचिवमा किशोर अर्याल, सदस्यहरुमा राजेन्द्र थापा, होमबहादुर थापामगर र सीमा न्यौपाने छन्।
त्यस्तै क्षेत्र नम्बर २ को संयोजकमा निराजन बर्ताैला, उपसंयोजकमा शान्ता सत्याल बिष्ट र सन्तोष बर्ताैला, सचीवमा राधिका सामरी पाण्डे तथा सदस्यहरुमा श्रीजना सुनार, सालिग्राम दुङ्गाना र संदीपा डोटेल चयन भएका हुन ।
रास्वपा मकवानपुरले १० वटा स्थानीय तह गठन गरेसँगै जिल्ला भेला सम्पन्न गरेको हो । भेलाको रास्वपा बागमती प्रदेश सभापति डा. अच्युतम् लमिछानेले उद्घाटन गरेका थिए।
भेलामा बागमती प्रदेश प्रवक्ता उत्सव अर्याल, चितवन जिल्ला सभापति, उपसभापति,भीम फुँयाल ,सुनिता राई, कृष्ण भेटवाल लगायत नेता कार्यकर्ताको उपस्थिति रेहेको थियो ।



