मंसिर १६,काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि अहिले बिहान ७ बजेदेखी मतदान शुरु भएको हो।
शान्त र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिईन्। अर्यालले मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने बताईन् ।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले सक्कल मतदाता परिचयपत्रका अलावा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ।



