मंसिर १७,काठमाडौ।काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो।

रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे।

२०७९को निर्वाचनमा यस वडा कांग्रेसका मुकुन्द रिजालले ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।

काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय