मंसिर १७, हेटौ। हेटौंडा उपमहानगरपालिका –१२ मा नेपाली काँग्रेसका उम्मेद्वार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन्।
कुल खसेको ५ हजार ४८४ मत मध्ये ७६ बदर भएको छ ।
बाँकी ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २ हजार ६३ मत ल्याएर निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रका रबिनकुमार प्रधानले १ हजार ५ सय ६० र नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याएका छन् ।
त्यहाँ कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तह निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।
वडाध्यक्ष पदका लागि विभिन्न दलका ९ र ३ जना स्वतन्त्र गरि १२ जना उम्मेद्वार प्रतिश्पर्धामा थिए। २०७४ को निर्वाचनमा १ सय ४ र २०७९ को निर्वाचनमा ३१ मतले हराएको माओवादी केन्द्रलाई पछि पार्दै तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् ।
उक्त वडामा लगातार दुई पटकको हारपछि तेस्रो पटकको निर्वाचनमा तिवारी निर्वाचित भएका हुन् ।



