मंसिर २२,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिवार (आज ) विभिन्न प्रदेशका ५ जिल्लाहरुमा जिल्ला भेला आयोजना गरिरहेको छ। रास्वपाले कर्णाली प्रदेशको सल्यान,लुम्बिनी प्रदेशको बाँके, गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको नुवाकोट र भक्तपुर जिल्ला भेला आयोजना गरिरहेको हो।
पार्टीको संशोधित विधानको सांगठनिक संरचना अनुसार जिल्ला समिति गठन, संगठन निर्माण र यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका र वडा संगठन निर्माण सम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरेको रास्वपाले जनाएको छ।
सल्यान भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी,बाँकेमा केन्द्रीय सदस्य एवं सांसद लक्ष्मी तिवारी,नवलपुरमा केन्द्रीय सदस्य राजन गौतम र सबिना बिक,नुवाकोटमा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई तथा भक्तपुरमा पनि उपसभापति अर्याल, कोषाध्यक्ष लिमा अधिकारी, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य कुसुम महर्जन र प्रमिला कुलुज लगायतका नेताहरु सहभागी छन्।
रास्वपाले यसअघि २३ जिल्लाहरूमा भेला सम्पन्न गरिसकेको छ।
पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाहरूको आवश्यक तयारी तथा थप जिल्ला भेलाहरुको तयारी गरिरहेको रास्वपाले जनाएको छ।



