मंसिर२२,निजगढ। नेविसंघ निजगढले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाईटी वीरगंजको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
निजगढ शहीदचोकमा बिहान ८ बजे देखि शुरु भएको कार्यक्रममा ७० जना पुरुष र १० जना महिला गरि ८० जनाले रगतदान गरेका नेविसंघ निजगढका अध्यक्ष ईश्वर सापकोटाले जानकारी दिएका छन्।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सापकोटाले बताए।उनका अनुसार नेविसंघको आयोजनामा निजगढमा भएको यो दोस्रो कार्यक्रम हो।
मधेस प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ माला लामा,निजगढका पूर्व नगरप्रमुख एवं नेपाली कांग्रेसका नेता सुरेश खनालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
निजगढका स्थानिय,विभिन्न दलका नेता,प्रहरी ,नेपाली सेना लगायतले रगतदान गरेका नेविसंघ बाराका जिल्ला सदस्य गोबिन तिमल्सिनाले जानकारी दिए।




