पुस १२,धनगढी ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रिय सचिवालय बैठक आज (शुक्रवार)बस्ने भएको छ।
बैठक अपरान्ह ३ बजे काठमाडौं बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा समसामयिक राजनीति, पार्टिको केन्द्रीय विभागमा मनोनयन र आगामी केन्द्रीय समिति बैठकको तयारीका विषयमा छलफल हुने प्रवक्ता झाले बताए।



