पुस २१, काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलेश्वर बैठको राजनीतिक प्रस्तावानालाई दलको प्रशिक्षणका रुपमा प्रयोग गर्ने भएको छ।

उक्त प्रस्तावनालाई काठमाडौमा आईतवार बसेको केन्द्रिय समिति बैठकले दलको प्रशिक्षणको रुपमा प्रयोग गर्ने गरि पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाको गत २०८० साल मंसिर १३ गते महोत्तरीको जलेश्वरमा बसेको बैठकले राजनीतिक प्रस्तावना पारित गरेको थियो।

उक्त प्रस्तावनामा वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक,पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भित्र विधीमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु पर्ने उल्लेख छ। यस्तै प्रस्तावनामा शान्तिपूर्ण माध्यमबाट समाजवादका प्रधान लक्ष्यहरु हासिल गर्नु पनि उल्लेख छ।

नेपालको ईतिहास सनातन,सभ्यता,धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व,पारस्परिक सम्मान,विश्वभर फैलिएका नेपालीहरुको सामुहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता,सार्वभौमिकता,भौगोलिक अखण्डता,राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने जलेश्वर बैठकले पारित गरेको राजनीतिक प्रस्तावनामा उल्लेख छ।

उक्त प्रस्तावना उपर उपसभापति डाक्टर स्वर्णिम वाग्लेले बैठकमा ब्याख्या गर्दै प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय