पुस २९,निजगढ। बाराको कोल्हवी-५ की रक्त क्यान्सर पीडित सिसम थापाको उपचारार्थ सामुदायिक संस्था ‘कोर सि’ ले आर्थिक सहयोग गरेको छ।’कोर सि’ निजगढ-९ मा संचालित सामाजिक संस्था हो।
संस्थाको पहल तथा सहजीकरणमा सकंलित ५१ हजार ७ सय ८७ रुपैयाँ सोमवार थापाको बैंक खातामा पठाईएको संयोजक बबिन पौडेलले जानकारी दिएका छन्।
बिबिए चौथो सेमेस्टरमा अध्ययनरत २४ वर्षिया थापाको हाल सिभिल सर्भिस अस्पताल,बानेश्वरको सघन उपचार कक्षमा उपचार भैरहेको छ।
चिकित्सकले उनको बोन म्यारो ट्रान्स्प्लान्ट गर्न ४० लाखको हाराहारीमा खर्च लाग्ने बताएका छन्।
न्यून आर्थिक अवस्थाकी सिसमको उपचारमा सहयोग गरिदिन उनको परिवारले सबैसँग अपील गरेको छ। उनको उपचारार्थ विभिन्न व्यक्ति तथा संघसंस्थाले रकम संकलन अभियान चलाएका छन्।
उनलाई सहयोग गर्न चाहनेहरुले उनको राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगत खाता नम्बर १२९०१०००१०२४४०१० मा सिधै पठाउन सकिने परिवारजनले बताएको छ।



