माघ ४,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाले केन्द्रिय सदस्य तथा सह-प्रवक्ता समेत रहेकी प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोकेको छ।
रावललाई केहि समयको लागी मात्र उक्त जिम्मेवारी दिईएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार कार्यवाहक प्रवक्ता मनिष झा अध्ययनको शिलशिलामा माघ महिनाभरी व्यस्त रहनेभएकाले कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्।
कार्यवाहक प्रवक्ता झा माघ ३ गतेदेखी ३० गतेसम्म अध्ययनका साथै निजि काममा व्यस्त रहने जनाईएको छ।
महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पार्टीले साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेपछी पार्टिको महामन्त्री र प्रवक्ता पद कार्यवाहकले सम्हाल्दै आएका छन्।
यस्तै पार्टी सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पद समेत निलम्बनमा परेपछी सभापति पद पनि कार्यवाहकले सम्हाल्दै आएका छन्।



