माघ ४,निजगढ । प्रथम निजगढ महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन।
नगर उद्योग बाणिज्य संघ निजगढको आयोजनामा यहि माघ ११ देखि २२ गतेसम्म संचालन हुने महोत्सवको प्रमुख अतिथिका रुपमा गृहमन्त्री लेखक आउने पक्का भएको आयोजकले जनाएको छ।
उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिने जनाईएको छ।
कृषि, पर्यटन र व्यापार प्रवर्द्वन गर्दै निजगढको चिनारी बढाउन महोत्सव आयोजना गर्न लागेको नगर वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन।
महोत्सव निजगढमा पहिलोपटक आयोजना हुन लागेको हो।
महोत्सवमा कृषि तथा औद्योगिक सामग्रीको प्रदर्शनी, मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय खानाका परिकार लगायत विभिन्न स्टलहरुका साथै २ दर्जन चर्चित कलाकारहरुले हरेक दिन सांस्कृतिक कार्यक्रम गर्नेछन्।
२ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा१ करोड रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरिएको छ।
महोत्सवको माघ ११ गते दिउसो १ बजे निजगढ ८ स्थित खयरघारी खेल मैदानमा उद्घाटन हुने कार्यक्रम रहेको छ ।



