चैत्र२,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्विर जलाएका छन्।

संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनका क्रममा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र पूर्व राजालाई अनावश्यक रुपमा आरोप प्रत्यारोप लगाएर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा लाईटर बालेर आगो लगाएका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह लगायतको उपस्थिति छ।

उनले समाजिक सञ्जाल फेसबुकमा ‘आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिएको छु’ लेखेका छन्।

साथै उनले हुम्लाका मुर्ति चोर लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनु भयो? भनेर पनि लेखेका छन्।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुर्ती चोर र भाईमाराको आरोप लगाएका थिए।

शुक्रवार नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बदनाम राजसंस्था फेरि फर्किन सम्भव नरहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय