चैत्र११,काठमाडौ। सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
कुलमानको कामबाट असन्तुषट बनेका उर्जा मन्त्री दीपक खड्काले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई हटाउने प्रस्ताव गरेका थिए।

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका उनको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो।
डेडिकेटेड र ट्रंक लाइन महसुस विवादका कारण घिसिङ र सरकारबीच दुरी बढेको थियो ।
प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटिएपनी केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन पुन:जोड्ने निर्णय गरेको थियो।




