चैत्र१५,काठमाडौ।काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।

तीनकुनेमा हुने भनिएको सभा शुरू नहुँदै राजावादीहरूले प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो।
आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
त्यसपछि उत्तेजित भएका प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएका थिए।




