चैत्र१५,काठमाडौ।राजावादी आन्दोलकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् ।
संसदबाट भक्तपुरस्थित घर फर्किदै गरेका परियारलाई आन्दोलनकारीहरुले बालकुमारीस्थित सिसिआरसी कलेज अगाडी रोकेका थिए ।
परियारलाई गाडीबाट बाहिर निकालेर उनि चढ्दै आएको १३८२ नम्बरको गाडीमा आगजनी गरेको परियारले बताए ।
परियार शुक्रवार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । काठमाडौमा जारी कर्फ्यू छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आफ्नो गाडिमा आगजनी गरेको उनले बताए।



