जेठ७,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ३ दिनलाई निलम्बन गरेको जनाएको छ।
अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई जेठ ५ गते अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
ब्यक्तिगत प्रतिष्ठामा आँच आउने भन्दै पार्टीले निलम्बनमा परेका ब्यक्तिको परिचय नखुलाएको बुर्लाकोटीले बताए।



