जेठ८,काठमाडौ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र स्थान साउदी अरबको मक्का-मदिना गएका हजयात्रीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले स्वागत तथा बिदाई गरेका छन्।
मधेस प्रदेशको बारा जिल्लाबाट ३८ र पर्सा जिल्लाबाट ७० जना गरि कुल १०८ जना हजयात्रीहरुलाई रास्वपा सांसद तथा मधेस प्रदेश ईन्चार्ज समेत रहेका मनिष झा,सांसदहरू हरि ढकाल, गणेश पराजुली तथा मधेश प्रदेशका नेताहरु ममता शर्मा, चन्दन स्वर्णकार, जयकरण महत्तो, साहेब अन्सारी, राजेश साह र गणेश धिमाल लगायतले बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगि उनिहरुलाई बिदाई गरेका हुन्।

बुधवार साँझ ८ बजेको फ्लाईटमा मक्का-मदिनातर्फ गएका उनिहरुसँग सिराहाबाट २८ जना र रौतहटबाट २ जना तथा रास्वपाका केन्द्रिय प्रवास नेपाली सम्पर्क बिभागका केन्द्रिय सदस्य म. ई. अयुब हक पनि हजयात्रामा गएका छन्।
यस वर्ष नेपालबाट हजमा जान एक हजार १७० जनाले आवेदन दिएका थिए। साउदी सरकारले यस वर्ष एक हजार दुई सयजना नेपालीका लागि हजकोटा दिएको जनाईएको छ ।
हजयात्रीहरू एयर अरेबियाका ११ वटा विभिन्न फ्लाइटमार्फत साउदी गएका हुन्।
ईस्लामिक चन्द्र पात्रो अनुसार हरेक वर्ष हजको मिति परिवर्तन हुन्छ।यस वर्ष जुन महिनाको २४ तारिख सम्म ३२ दिन मक्का-मदिनामा हजयात्री रहने जनाईएको छ।




