असार २९, काठमाडौं। पछिल्ला केही दिनयता नेपालमा बढ्दो क्रममा रहेको आत्मदाहको शृङ्खलाले आम जनमानसमा त्रास र निराशा पैदा गरिरहेको छ।

पछिल्लो दुई दिनको अन्तरालमा मात्रै देशका विभिन्न स्थानमा तीनजना व्यक्तिले आत्मदाहको बाटो रोजेपछि यसले सामाजिक तथा मनोवैज्ञानिक बहसलाई तीव्र बनाएको छ।

​यसै निराशाजनक परिस्थितिमा मदन पुरस्कार विजेता एवं प्रख्यात साहित्यकार झमककुमारी घिमिरेले यस्तो हृदयविदारक र प्रेरणादायी सन्देश प्रवाह गरेकि छिन्।

आफ्नो शारीरिक अशक्तताका बाबजुद सङ्घर्षपूर्ण जीवन बाँचिरहेकी घिमिरेले आत्मदाहजस्तो चरम र गलत कदम नउठाउन सबैमा अपिल गरेकि छिन्।

​साहित्यकार घिमिरेले आफ्नो स्वास्थ्य अवस्थाको कठोर यथार्थ प्रस्तुत गर्दै भनेकि छिन् ; ​”मेरो अवस्था हेर्दा न बोली आउँछ, न हात चल्छ, न हिड्ने सामर्थ्य छ, न शरीर सिधा छ, न टाउको नै सिधा छ। त्यसमाथि अहिले स्नायुको समस्याले समातिरहेको छ। सोच्नुहोस् मेरो जीवन कति कष्टपूर्ण छ?”

आफ्नो जीवनको असहजतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै घिमिरेले आत्महत्याको बाटो रोज्नेहरूलाई प्रश्न गरेकि छिन्।​”तपाईँहरू हर कुरामा सामर्थ्यवान हुनुहुन्छ र पनि किन अकालमा मृत्युवरण गरिरहनुभएको छ? जीवनमा जसका पनि अप्ठ्यारो मोडहरू आउँछन्, त्यो कुरा सामना गर्न नसकेर भाग्ने?”

घिमिरेले सबैलाई आफ्नो जीवनप्रति माया गर्न र नकारात्मक विचारबाट टाढा रहन आग्रह गरेकी छिन्।

उनी भन्छिन्;  जीवन बहुमूल्य छ, कुनै पनि परिस्थितिमा गलत निर्णय लिनुहुँदैन,दिमागभरी नकारात्मक कुरा नपाल्नुहोस्, साना-साना खुसीमा रमाउन सिक्नुहोस्,जीवन कुनै न कुनै दिन आफैँ समाप्त हुन्छ, त्यसैले प्राकृतिक अन्त्यअगावै हतार गरेर जीवन सिध्याउने काम नगरौँ।”

आत्मदाह: एक गम्भीर सामाजिक समस्या

​विगत केही समययता आर्थिक संकट, पारिवारिक बेमेल र मानसिक स्वास्थ्यको चरम विन्दुमा पुगेका व्यक्तिहरूबाट भइरहेका यस्ता घटनाले नेपाली समाजमा मनोवैज्ञानिक परामर्श र सामाजिक समर्थनको खाँचो रहेको देखाउँछन्।

मनोविद्हरूका अनुसार, यस्ता घटनाहरू व्यक्तिगत कमजोरी मात्र नभएर सामाजिक र आर्थिक दवाबको परिणति हुन्।

​साहित्यकार घिमिरेको यो भनाइले निराशाको भुमरीमा फसेका हजारौँ व्यक्तिहरूलाई बाँच्ने नयाँ ऊर्जा र आशा जगाउने विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय