भदौ ३०,हेटौंडा।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चौथो दल नैतिकरुपमा सरकारमा जान नहुने बताएका छन् ।
आईतवार नेपाली काँग्रेस जिल्ला समिति मकवानपुरले हेटौंडामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले आफ्नो पार्टी सरकारमा हुँदा आफ्नो पालो भएपनि गगन थापा र आफु मन्त्री खान नगएको प्रसंग उठाउँदै रास्वपा सभापति रवि लामिछाने लक्षित अभिव्यक्ति दिएका हुन् ।
शर्माले पहिलो पटक जितेर आएको नयाँ दलले संसद छिर्ने वितिक्कै गृहमन्त्री नै चाहिन्छ भन्दै बार्गेनिङ गरेको आरोप पनि लगाए ।
आफुहरु(गगन,विश्व) पनि एउटै उमेर समूहको भएको उल्लेख गर्दै मितिका आधारमा खोलिएका नयाँ दलले भन्दा प्रवृत्ती र संस्कारमा नयाँपन भएमा रुपान्तरण हुने धारणा व्यक्त गरेका थिए ।
सभापतिलाई सहकारी ठगीको आरोप लाग्दा रास्वपाका पदाधिकारीहरुले आफ्नो सभापतिको छानबिन गर्न अवरोध गरेको र आफुले काँग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लाग्दा गहिरोरुपमा छानबिन गर्नुपर्ने आवाज उठाएको शर्माको भनाई छ ।



