कार्तिक ४,पोखरा । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई पक्राउ भएको मितिले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए ।
लामिछानेलाई आज(आईतवार) जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी अपचलन र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
उनलाई सूर्यदर्शन सहकारी पोखराको बचत रकम अपचलन गरेको आरोपमा अस्ति २ गते शुक्रवार साँझ काठमाडौस्थित पार्टी कार्यालयबाटै पक्राउ गरि पोखरा ल्याईएको थियो।



