कार्तिक ४,हेटौंडा । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेप्रती समर्थन जुटाउन मधेश प्रदेशको बाराबाट पनि एक टोली पोखरा प्रस्थान गरेको छ।
रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारको नेतृत्वमा एक टोली आईतवार साँझ पोखरा प्रस्थान गरेको हो।

टोलीमा स्वर्णकारसहित रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा,२०७९ को निर्वाचनमा बारा १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका गणेश धिमाल,बारा क्षेत्र नम्बर ४ का सभापति युवराज न्यौपाने,निजगढ नगर सभापति रामहरि खरेल, जितपुरसिमरा उपमहानगर वडा नम्बर १ का निर्वाचित सभापति राजु खरेल तथा समाजसेवी हरिओम रौनियार छन।

देशैभरबाट रास्वपाका नेताकार्यकर्ता पोखरा पुगिरहेका छन्।
केन्द्रिय सभापती रवि लामिछानेलाई सहकारी अपचलन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले गत शुक्रवार काठमाडौस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएर पोखरा पुर्याएको छ।
यता रास्वपाले भने लामिछानेलाई प्रतिशोधपूर्ण गिरफ्तारी गरेको भन्दै देशव्यापी रुपमा सडक आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय