कार्तिक ५,पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि आज सोमवार रुपन्देही लगिएको हो ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी अपचलन प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । भदौ ३१ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै असोज ६ गते जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए ।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोग आरोपमा हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगिएको हो । रुपन्देहीमा बयान सकिएपछि जोशीलाई पुनः पोखरा ल्याईने कास्कीका एसपी श्यामबाबु ओलिले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय