मंसिर २,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ। आईतवार पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मलेनमा पार्टिका कार्यवाहक प्रवक्ता मनिष झाले भ्रष्टाचारमा डुबेको सरकार र सभापति रवि लामिछानेमाथि गरिएको प्रतिशोधका विरुद्धमा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए ।

झाका अनुसार राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने एजेन्डा सहित रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय