मंसिर २,निजगढ। नेकपा एमाले निजगढ नगर कमिटीले सोमवार पार्टी सदस्य कृष्णकुमार कार्कीको श्रद्धाञ्जली सभा गर्ने भएको छ। ५३ वर्षिय कार्कीको गत कार्तिक २४ गते निधन भएको थियो।
श्रद्धाञ्जली कार्यक्रम निजगढ-१ सिंगौलस्थित कार्कीको निजि निवासमा दिउँसो २ बजे आयोजना हुने एमाले निजगढ नगर कमिटीका सचीव तीलक घलानले जानकारी दिएका छन्।
घलानले कार्कीप्रती श्रध्दाञ्जलि अर्पण तथा परिवारजनमा समवेदना प्रकट गर्न सबै पार्टी पङ्तीलाई उपस्थितिका लागी अनुरोध समेत गरेका छन्।
पार्टीलाई निर्वाचन लगायतका महत्त्वपूर्ण अवसरमा कार्कीको महत्त्वपूर्ण योगदान रहेको निजगढ एमालेले जनाएको छ।



