माघ २,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बुधवार काठमाडौ जिल्ला अदालत परिसर बाहिर अधिवक्ता दिनेश त्रिपाठीमाथी भएको हातपातमा दलका सदस्यको संलग्नता भए कार्वाही गरिने जनाएको छ।
रास्वपाले अधिवक्ता त्रिपाठीमाथी गरिएको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलका लागि स्वीकार्य नभएको जनाएको हो।
काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस सकेर अदालतबाट निस्किँदै गर्दा अधिवक्ता त्रिपाठीमाथि केही व्यक्तिहरुले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भैरहेको छ।
उक्त विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही गरिने कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन्।



