माघ ४,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तस्विर सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि कास्की प्रहरीले साइबर अपराधको आरोपमा भुसाललाई गत पुस ७ गते नियन्त्रणमा लिएको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि भुसाल रिहा भएका थिए ।

प्रहरीले भुसाललाई बिहिबार पुनः पक्राउ गरेको थियो भने शुक्रबार उनीविरुद्ध अभियोजन दर्ता भएको थियो । सो अभियोजनपश्चात उनको बयान र थुनछेक बहस भएको थियो ।

भुसाललाई सरकारी वकिल कार्यालय कास्कीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित शुक्रबार जिल्ला अदालत कास्कीमा अभियोजन पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय