माघ १३,निजगढ। राष्ट्रिय युवासंघ नेपाल,निजगढ नगर कमिटीले बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।

कमिटीले माघ १६ गते बुधवार निजगढ-३ स्थित सिंगौलमा शिविर संचालन गर्न लागेको हो।

शिविर ३ नम्बर वडा कार्यालय सँगै रहेको लालिगुराँस आधारभूत विद्यालयमा संचालन हुने युवासंघ निजगढ कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिए।

निजगढ सिटि हस्पिटलको प्राविधिक सहयोगमा संचालन हुने शिविरमा नाक,कान घाँटी,नशा तथा हाडजोर्नी,स्त्री तथा यौन रोग,सुगर,प्रेसर,थाईरोईड,दाँत तथा गिँजाका साथै भिडियो एक्स-रे र आँखा सम्बन्धी समस्याको पनि परामर्श दिइने तिमल्सिनाले बताए।

अध्यक्ष तिमल्सिनाले शिविरमा आई स्वास्थ्य परिक्षण गराउन सम्बन्धित सबैलाई आमन्त्रण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय