चैत्र३,हेटौंडा।राष्ट्रिय प्रजातन्त्र पार्टि निकट प्रजातान्त्रिक युवा संगठनले पक्राउ परेका आफ्ना नेता संगठनको सदस्यसचिव समेत रहेका निराजन बम पलाँतालाई बिना शर्त रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

संगठनका संयोजक सुजित केसीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बमको पक्राउ वैयक्तिक स्वतन्त्रता र संगठनको राजनीतिक गतिविधिलाई अवरोध गर्ने दुषित मनशायबाट प्रेरित भनिएको छ।

बमलाई आईतवार प्रहरीले चितवनस्थित भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई चितवनबाट मकवानपुर ल्याउने तयारी भैरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

बमले शनिवार हेटौंडामा प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्विर जलाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय