साउन १७,हेटौंडा। हेटौँडामा एक युवतीको शंकास्पद मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हिजो शनिबार हेटौँडा उपमहानगरपालिका वडा नं. १०, टिसिएन रोडस्थित आफ्नै डेरा कोठामा चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ घर भई हाल हेटौँडा–१० मै रहेको ‘RRS थकाली रोधी घर’ मा वेटरको रूपमा काम गर्ने अन्दाजी १७–१८ वर्षकी अनिशा विक अचेत अवस्थामा फेला परेकी थिइन्।
उनलाई साथीहरूले अचेत अवस्थामा देखेपछि बिहान ०६:१५ बजे उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए। तर, अस्पतालमा चिकित्सकले इसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको थियो।
घटनाबारे अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत बिहान ०६:३० बजे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ‘सोको’ (SOCO) सहितको विशेषज्ञ अनुसन्धान टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनाको बारेमा गहिरो रूपमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।



