जेठ ३०,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले जेठ ३२ गते निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
४ नम्बर वडा कार्यालय र नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल शाखाको आयोजनामा हुन लागेको स्वास्थ्य शिविर ३२ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हेटौडा ४ स्थित रोयल पार्टी प्यालेसमा संचालन हुनेछ ।
शिविरमा मुटुरोग, ढाड, नसा र जेनेरल फिजिसियन डाक्टरबाट जाँच गरिने मंगलबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए। शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग रहने उनले बताए।
शिविरमा इसिजि, इको, व्लड सुगर लेभल, लिपिड प्रोफाइल, दम रोगिको लागि पिटिएफ, अल्ट्रासाउण्ड लगायतका स्वास्थ्य परीक्षण गर्नुका साथै १५ दिनसम्म निशुल्क ओैषधि वितरण समेत गरिने सिग्देलले जानकारी दिए ।
शिविर संचालनमा नगर टोल विकास समन्वय समिति, मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, भुटनदेवि मावि, रोटरी क्लव अफ हेटौडा , सुख समृद्दि बचत तथा ऋण सहकारी संस्थाको पनि सहयोग रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय